सानिमा बैंकले १० प्रतिशत लाभांश दिने – Mero Samachar

सानिमा बैंकले १० प्रतिशत लाभांश दिने

सानिमा बैंकले १० प्रतिशत लाभांश दिने class=

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । ४ कात्तिक शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६ रुपैयाँको १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । यस्तै लाभांशमा लाग्ने कर प्रयाजनार्थ समेत ०.९८ प्रतिशत नगद लाभांश गरी बैंकले कुल १०.९८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।