सर्लाहीमा डुबेर युवकको मृत्यु – Mero Samachar

सर्लाहीमा डुबेर युवकको मृत्यु

सर्लाहीमा डुबेर  युवकको मृत्यु class=

सर्लाहीको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने युवकको डुबेर मृत्यु भएको छ । २ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्तिक २७ मा साँझ आश्रम परिसरको पोखरीमा डुबेका दर्लामीको मानसिक अवस्था ठीक नभएको बताइएको छ । शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।