मधेस प्रदेश अर्थात मिथिलाञ्चलमा यसवर्ष माघ शुक्ल पञ्चमी अर्थात सरस्वती पूजा ९वसन्त पञ्चमी० दुई दिन मनाइने भएको छ । प्रदेशमा शनिबार र आइतबार वसन्त पञ्चमी मनाउन लागिएको हो । सोही सिलसिलामा सरस्वती पूजालाई मध्यनजर गर्दै अहिले कुम्हाल समुदाय मूर्ति बनाउनमा निकै व्यस्त देखिन्छ । सो समुदायका सदस्यहरु मूर्ति बनाउनका लागि करिब दुई सातादेखि व्यस्त देखिन्छन् ।
जनकपुरधाम उपमहानगरका करिब १८ स्थानमा मूर्तिकारहरु दिनरात मूर्ति बनाउनमा व्यस्त छन् । जनकपुरधामको शुक्रबारी हटिया, विद्यापति चोक, क्याम्पस चोकलगायत विभिन्न क्षेत्रमा मूर्तिकारहरु काममा व्यस्त छन् ।
मूर्तिकार उत्तिमलाल पण्डितका अनुसार यसअघि उनले सरस्वती पूजाको समयमा करिब एक सयभन्दा बढी मूर्ति निर्माण गर्थे । तर अहिले करिब ५० वटा मूर्ति मात्र पनि बिक्री वितरणमा समस्या उत्पन्न भएको उनको भनाई छ ।
कोरोना समक्रमणअघि मूर्ति बनाएर मनग्य आयआर्जन भएपनि अहिले परिस्थिति बदलिएको उनको भनाई छ । पण्डितले विगतमा प्रतिमूर्ति अधिकतम ४० हजार रुपैयाँदेखि न्यूनतम पाँच हजार रुपैयाँसम्म लिने गरेको बताए ।
मिथिलाञ्चलमा मनाइने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।