शेयर बजारमा ५४ अंककाे सुधार – Mero Samachar

शेयर बजारमा ५४ अंककाे सुधार

शेयर बजारमा ५४ अंककाे सुधार class=

२९ पुस, काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेकाे छ ।

नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ ।

 

शेयर काराेबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिकाे शेयर काराेबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार काराेबारबाट २२४ कम्पनीका १ कराेड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ ।

 

जसअनुसार काराेबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर काराेबार भएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।