शेयर बजारमा मौद्रिक नीतिको प्रभाव, कारोबार रकममा भने नयाँ रेकर्ड कायम


कर्जा खबर, काठमाडौं ।

आइतबार नेप्से सूचकमा उतारचढाव देखिएको छ। मौद्रिक नीतिमा भएका कतिपय प्रावधानका कारण शेयर बजारमा नकारात्मक असर देखिएको हाे।

घटेको बजारमा कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ। आइतबार सुरुवाती चरणमा नै लगानीकर्ताले बिक्री चाप बढाउदा घटेको बजारमा समेत कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ।

यस दिन नेप्से सूचक २४.८८ अंकले घटेर ३१५४.०३ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक समेत १.९० अंकले घटेर बन्द भएको छ। आइतबार २२२ वटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यो हालसम्मकै नयाँ रेकर्ड हो।

यस दिन उत्पादन तथा प्रोशोधन उपसमूह र माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक पनि सामान्य बढेको छ। अन्य १० उपसमूहको सूचक भने नकारात्मक देखिएका छन्।

आइतबार खानीखोला, जिवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आइसिएफसि फाइनान्सको ९.५६ प्रतिशत र मिर्मिरे लघुवित्तको ८.९७ प्रतिशतले बढेको छ।

यता एनआइविल प्रगति फण्डको इकाइमूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले घटेको छ भने रिद्धि हाइड्रोपावरको शेयरमूल्य ८.५२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.८८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ६.३४ प्रतिशत र अपर तामाकोशीको ६.०७ प्रतिशतले घटेको छ।

आइतबार नेपाल बैंकको मात्रै १ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ७९ करोड २५ लाख, अपी पावरको ७० करोड २७ लाख, रिद्धि हाइड्रोपावरको ५९ करोड ४७ लाख र अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *