विश्वकपमा आज तीन खेल हुँदै – Mero Samachar

विश्वकपमा आज तीन खेल हुँदै

विश्वकपमा आज तीन खेल हुँदै class=

काठमाडौं । कतारमा हिजोदेखि सुरु भएको फिफा विश्वकप अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुनेछन् ।

साँझ पौने ७ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह बी मा रहेका इंग्ल्याण्ड र इरानबीच हुनेछ । यो खेल कतारको राष्ट्रिय रंगशाला खालिफा रंगशालामा हुनेछ ।

राती पौने १० बजेदेखि सुरु हुने दोस्रो खेल समूह ए मा रहेका अफ्रिकी च्याम्पियन सेनेगल र नेदरल्याण्ड्सबीच हुनेछ । यो खेल अल थुमाना रंगशालामा हुनेछ । राती पौने १ बजेदेखि सुरु हुने दिनको अन्तिम खेल समूह बी मा रहेका अमेरिका र वेल्सबीच हुनेछ । यो खेल अहमद विन अली रंगशालामा हुनेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोलले हराउँदै सुखद सुरुवात गरेको थियो । इक्वेडरका लागि एन्टोनियो भ्यालेन्सियाले दुवै गोल गरेका थिए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।