देशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका(१० बुदबुदे बस्ने कृष्ण बाहदुर बिसीको घरको कोठामा शनिबार साँझ ४ जना मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेहरुमा कृष्ण बिसीकी श्रीमती ३२ वर्षीया कल्पा बिसी, उनको छोराहरु ९ वर्षीय निरज बिसी र ८ वर्षीय चिरञ्जिबी बिसी तथा मृतक कल्पना बिसीको दाईको छोरा ६ वर्षीय सोमराज बुढा रहेका छन् । उक्त कोठाको खाटमुनी तसलामा कोइला बालेको अवस्थामा रहेको फेला परेको थियो ।
यसैगरी झापाको दमक नगरपालिका(७ स्थित रेडक्रस भवन अगाडिको बाटोमा सोही नगरपालिका(७ पशुहाटमा डेरा गरी बस्ने मोरङ रतुवामाई नगरपालिका(७ सिजुवा घर भएका ४० वर्षीय विष्णु सहनी शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुरको ललितपुरको मंगलबजारमा पनि उदयपुर घर भएकी ३२ वर्षीया सरस्वती मगर आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छन् भने डोटीको आदर्श गाउँपालिका(६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीय दली अधिकारी पनि आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलालीको टिकापुर नगरपालिका(८ चौगुर्दीस्थित कर्णाली नदीको किनारामा अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।