विद्युतमा ‘बरदान’ बन्दै माथिल्लो तामाकोशी – Mero Samachar

विद्युतमा ‘बरदान’ बन्दै माथिल्लो तामाकोशी

विद्युतमा ‘बरदान’ बन्दै माथिल्लो तामाकोशी class=

१५ पुस, काठमाडौं । पछिल्ला दिनमा नदीमा पानीको सतह घट्दै गएपनि धेरै बिजुली माग हुने पिक आवर ९बिहान–बेलुकी०मा भारतबाट आयात हुने विद्युतको परिमाण न्यून छ । नेपाल विद्युत प्राधिकरणको भारप्रेशण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईको भनाइ मान्ने हो भने पिक आवरमा विद्युतको माग व्यवस्थापन गर्न मूल रुपमा नेपालकै जलविद्युत परियोजनाबाट उत्पादित बिजुली प्रयोग गरिँदै छ । यसलाई सम्भव बनाएको हो, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ।

प्राधिकरणको प्रवक्ता समेत रहेका भट्टराईको भनाइमा पिक आवरमा थोरै बिजुली आयात गरेरै प्रणालीमा माग व्यवस्थापन गर्न सकिने स्थिति बनाउन ४५६ मेगावाटको माथिल्लो तामाकोशी बदरदानजस्तै बनेको छ । उनका अनुसार एउटा ठूलो आयोजना थपिँदा विद्युत् प्रणालीमा माग र आपूर्तिको व्यवस्थापन गर्न कति सहज हुन्छ भन्ने प्रमाण तामाकोशी हो ।

गत साउनबाट सञ्चालनमा आएको परियोजनाको बिजुली वर्षायाममा भारत पठाउने प्राधिकरणको प्रयत्न सफल भएन । तर, यो परियोजना नेपालको विद्युत प्रणालीको मेरुदण्डको रुपमा स्थापित भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

पिक आवरमा भारतबाट सानो परिमाणमा बिजुली ल्याउँदा पनि माग धान्न सकिने अवस्था तामाकोशीको पिकिङ फेसिलिटी ९केही घण्टा पानी जमाएर राख्न सकिने सुविधा०का कारण सम्भव भएको घिसिङ बताउँछन् ।

‘हामी बिहान–बेलुकी धेरै बिजुली माग हुने समयभन्दा अघि करिब ३–४ घण्टा माथिल्लो तामाकोशी नचलाइ पानी रोकेर राख्छौं,’ उनी भन्छन्, ‘जब साँझमा माग बढ्दै जान्छ, तामाकोशीका सबै युनिट चलाएर ४५६ मेगावाट नै बिजुली उत्पादन गर्छौं ।’

घिसिङको भनाइमा तामाकोशीले दिएको यो सुविधाले मूल्य रुपमा दुई वटा फाइदा गरेको छ । भारतबाट आयात गर्नुपर्ने बिजुलीको परिमाण र लागत दुवै घटाउन सहयोग पुग्नेछ ।

अहिले दिउँसो र रातमा तामाकोशी पिकिङ गर्दा अपुग बिजुली भारतबाट ल्याउने गरिएको छ । पछिल्ला दिनमा दिउँसो करिब साढे तीन सय मेगावाटसम्म बिजुली भारतबाट किन्ने गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।