ल्होसार देखाउने कि बचाउने ? – Mero Samachar

ल्होसार देखाउने कि बचाउने ?

ल्होसार देखाउने कि बचाउने ? class=

मूलतः देशमा संघीयताको कार्यान्वयनसँगै पहिचानका सवालहरू निकै उठे । सामान्य अर्थमा कुनै जातजाति, भाषा, धर्म, वर्ग, क्षेत्र, भूगोल, लिंग, पेशा आदिका आधारमा हुने चिनारी अर्थात् परिचयलाई पहिचान भनिन्छ ।

जातीय, सांस्कृतिक र भाषिकतासँगै पहिचानका लागि ऐतिहासिक निरन्तरता र भौगोलिक, क्षेत्रगत निरन्तरता पनि उत्तिकै महत्वपूर्ण हुन् । माथिका अवयव पहिचानका आधार हुन् । यतिबेला विशेषतः जनजाति, दलित, महिला, मधेशी समुदायमा पहिचानको सवालहरू पेचिलो गरी बहस र उठान हुने गरेको छ । अर्कोतर्फ पहिचानको नाममा विकृति पनि देखिन थालेको छ । आदिवासी जनजातिहरूले पहिचानको नाममा गणतन्त्र पश्चात् आफ्नो नितान्त मौलिक पर्वहरूलाई टँुडिखेलमा पस्कने संस्कारले पहिचान माथि प्रश्न उठ्न थालेको छ । यसले भएको पहिचान गुम्ने संकेत गर्छ ।

ल्होसार के हो र?

गुरुङ अर्थात् तमुहरूको नयाँ वर्ष हो ल्होसार । गुरुङ भाषामा ल्हो भनेको वर्ग (वर्ष० र सार भन्नाले शुरुआत अर्थात् आरम्भ भन्ने जनाउँछ । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आ(आफ्नो तिथि(मिति अनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ नयाँ वर्षको आरम्भ भन्ने नै हो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।