लोकन्थलीमा ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु


२९ पुस, काठमाडौं । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

 

ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए । त्यसपछि उनलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *