लुम्बिनीमा गठबन्धनबाट उम्मेदवारी दर्ता – Mero Samachar

लुम्बिनीमा गठबन्धनबाट उम्मेदवारी दर्ता

लुम्बिनीमा गठबन्धनबाट उम्मेदवारी दर्ता class=

२० पुस, दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा ९एकीकृत समाजवादी०बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

 

लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।

 

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख रउपप्रमुख २१५ गरी २९६ मतदाता छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।