लागूऔषधसहित एकजना पक्राउ – Mero Samachar

लागूऔषधसहित एकजना पक्राउ

लागूऔषधसहित एकजना पक्राउ class=

प्रहरीले मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागू षधसहित नियन्त्रणमा लिएको उनको भनाइ छ । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। लागूऔषध विक्रीवितरण तथा ओसारपसार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।