लागुऔषधसहित युवक पक्राउ – Mero Samachar

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ class=

रौतहटको चन्द्रपुरबाट प्रहरीले लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका–४ स्थित सञ्जय होटलबाट चन्द्रनिगाहापुर–६ गुम्बाटोल घर भएका ३२ वर्षीय करण राईलाई पक्राउ गरिएको रौतहटका डीएसपी सुनील मल्लले रातोपाटीलाई बताए ।

आरोपीको साथबाट प्रहरीले ६४५ ट्याब्लेट नाइट्रोभेट र ३८ बोत्तल कोडिबेल सिरप बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर र लागुऔषध नियन्त्रण ब्यूरो बीरगञ्जबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको हो । उनीमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।