१० असोज २०७८
(Sunday 26 September, 2021)

रौतहट, ७ भदौ 

रौतहट प्रहरीले पत्रकारलाई नियोजित रुपमा लागुऔषधमा फसाउन खोज्ने आफ्ना दुई घुमुवा प्रहरीलाई निलम्बन गरेको छ । 

गत ३२ साउनमा पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्न लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निम्लबन गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । 

लागुऔषध नाइट्राभेट ट्याब्लेट एक सय पाँचवटा मोटरसाइकलमा राखेर मोजिबुल्लाह र शेख अतिउल्लाहलाई पक्राउ गर्न खोजेको आरोपमा उनीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ । 

रौतहट माधवनारायण–१ का धिरज यादव र सर्लाही रामनगर–१ का जितेशकुमार यादवलाई प्रयोग गरेर मोजिबुल्लाह चढ्ने बीआर३०एस–१८८७ नम्बरको मोटरसाइकलमा लागुऔषध राख्न लगाइएको सिसिक्यामेराबाट खुलेपछि उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो । 

लागुऔषध नाइट्राभेट राख्ने धिरज यादव र जितेशकुमार यादवलाई आपराधिक षडयन्त्र लागुऔषध मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद लिई तथा गैरव्यवसायिक कार्य गर्ने प्रहरीद्वय यादव र कानुलाई निलम्बन गरी संलग्नताबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीको भनाइ छ ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *