ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला – Mero Samachar

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला class=

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका(१० लाकुरी भञ्ज्याङस्थित कार्तिके डाँडामा सोही ठाउँ बस्ने २८ वर्षीय कुमार सिङताङ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी स्याङ्जाको आँधीखोला गाउँपालिका(१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार बेलुकी मृत अवस्थामा फेला परेका छन् ।

 

त्रिवेणी माथिको जंगलमा मंगलबार साँझ गएका ७ जनामध्ये ४ जना फर्किएको र ३ जना नफर्किएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजी गर्नेक्रममा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला पारेको हो । उक्त स्थानमा १ थान भरुवा बन्दुक समेत फेला परेको छ भने हाल बेपत्ता २ जनाको खोजी भइरहेको छ ।

 

जंगलबाट फर्केका ४ जनालाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धादिङको गल्छी गाउँपालिका(६ सुत्केरी ढुङ्गास्थित त्रिशुली नदीको दहमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।