ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय – Mero Samachar

ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय class=

काठमाडौं । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा आज बिहान भेटिएको बमजस्तो देखिने वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो ।

तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो । उक्त वस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।

उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ । यसअघि गृहमन्त्रालयले नेक्रविक्रम चन्द विप्लव सहितका साना–ठूला २५ समूह निर्वाचन बहिस्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।