लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य – Mero Samachar

लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य

लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य class=

नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै आज पनि भाउ घटेको जानकारी दिएको हो । यसअघि, हिजो बिहीबार पनि सुनको मूल्य घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । हिजो तोलामा १० रूपैयाँ घटेको चाँदीको मूल्य आज १० रूपैयाँले नै बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।