रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु – Mero Samachar

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु

रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु class=

बुटवल । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।

कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको अर्यालले बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।