राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने – Mero Samachar

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने class=

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ।

माघ १२ मा हुने निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन्।

 

मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ।

 

सवारी साधनरघोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ।

कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगको भनाइ छ।

 

रिक्त १९ पदका लागि विभिन्न दलबाट ४३ जनाले उम्मदेवारी दिएका छन्। मुख्य प्रतिस्पर्धा सत्तारूढ पाँच दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच हुनेछ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।