रामपुर नगरपालिकाकाे नगर सभा तथा १२ अैाँ अधिवेशन सम्पन्न – Mero Samachar

रामपुर नगरपालिकाकाे नगर सभा तथा १२ अैाँ अधिवेशन सम्पन्न

रामपुर नगरपालिकाकाे नगर सभा तथा १२ अैाँ अधिवेशन सम्पन्न class=

पाल्पा – रामपुर नगरपालिकाको नगर सभा १२ औं अधिवेशन योजनाहरुको रकमान्तर तथा शिर्षकान्तर गर्दै सोमबार सम्पन्न भएको छ । गत पौष २३ गते बाट सुरु भएको अधिवेशन आज सम्पन्न भएको हो । बैठकले चालु आर्थिक वर्षमा २०७९/०८० मा सञ्चालन हुने नगर भित्रका ७७ वटा योजनाको संशोधन गरी रकमान्तर तथा शिर्षकान्तर गरेको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको नगर सभामा रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दुर्गा देवी भण्डारी गौतमले वडा तथा विषयगत शाखा बाट संशोधनका लागि सिफारिसमा रकमान्तर तथा शिर्षकान्तर भएका योजनाहरु प्रस्तुत गर्नु भएको थियो । बैठकले रकमान्तर तथा शिर्षकान्तर भएका योजनाहरु सर्वसहमतिमा पारित गरेको छ । बैठकमा बोल्दै रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले विकास निर्माणका योजनाहरु संगै आर्थिक, सामाजिक रुपान्तरणमा सोच्ने समय आएको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुले आफैले आफैलाई समिक्षा गर्ने समय आएको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दामोदर पाठकले नगर विकासको लागि सबै मिलेर लाग्नुको विकल्प नभएको बताउनुभयो । १२ औं नगर सभाको नगर प्रमुख थापाले समापन गर्नु भएको छ । न्यू होटल श्रीनगरको सभाहलमा भएको सभाको दोस्रो बैठकमा रामपुर नगरपालिकाका नगरसभा नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, नगर प्रवक्ता कपिल बहादुर खाँण, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।