राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु – Mero Samachar

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु class=

दाङको राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ कुरुरीयाका ५० वर्षीय गणेश्वर चौधरी हुन् । राप्ती नदीमा दाउरा खोज्ने क्रममा शनिबार बेलुका बगेर उनी बेपत्ता भएका थिए ।

दाङ । दाङको राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ कुरुरीयाका ५० वर्षीय गणेश्वर चौधरी हुन् । राप्ती नदीमा दाउरा खोज्ने क्रममा शनिबार बेलुका बगेर उनी बेपत्ता भएका थिए ।

चौधरीको शव घटनास्थलदेखि तीन किलोमिटर दक्षिण राप्ती-३ बसन्तपुरस्थित राप्ती नदीमा आइतबार बिहान फेला पारेको सशस्त्र प्रहरी बल नं. २९ गण हेडक्वार्टर ज्वालामाई भालुबाङका प्रमुख प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक धनञ्जय केसीको नेतृत्वमा तालिम प्राप्त २५ जनाको उद्धार टोली उनको खोजीमा खटेको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।