राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन्।
आज झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन्।
अध्यक्ष लिङ्देनले आज बिहान ११:३० बजे उम्मेदवारी दर्ता गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार हुनेछन्।
नेकपा एमालेले भने लिङ्देनलाई समर्थन गर्ने जनाएको छ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।