यौन दुर्व्यवहारको आरोपमा पक्राउ – Mero Samachar

यौन दुर्व्यवहारको आरोपमा पक्राउ

यौन दुर्व्यवहारको आरोपमा पक्राउ class=

दाङ । दाङमा नाबालिकामाथि यौन दुर्ब्यवहार गरेको अरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने घोराही उपमहानगरपालिका–१३ ऋषि पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले बताए ।

आफ्नो घरमा काम गर्न बस्ने ११ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरेललाई बिहीबार बिहान १० बजे पक्राउ गरेको हो । पीडित परिवारले आरोपी पोखरेल विरुद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।