यी हुन् काठमाडौं उपत्यकाका ३ जिल्लामा उम्मेदवारी दर्ता हुने स्थानहरु – Mero Samachar

यी हुन् काठमाडौं उपत्यकाका ३ जिल्लामा उम्मेदवारी दर्ता हुने स्थानहरु

यी हुन् काठमाडौं उपत्यकाका ३ जिल्लामा उम्मेदवारी दर्ता हुने स्थानहरु class=

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आवश्यक कागजातसहित मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नंबर १ लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।

यस्तै क्षेत्र नंबर २ का लागि कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा, क्षेत्र नंबर ३ का लागि गोकर्णेश्वर नगरपालिकाको कार्यालय, क्षेत्र नंबर ४ का लागि बुढानिलकण्ठ नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

काठमाडौं क्षेत्र नंबर ५ का लागि टोखा नगरपालिकाको कार्यालय, क्षेत्र नंबर ६ का लागि तारकेश्वर नगरपालिकाको कार्यालय। क्षेत्र नंबर ७ का लागि नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजु, क्षेत्र नंबर ८ का लागि शिक्षा विकास तथा समन्वय इकाई ताहाचल, क्षेत्र नंबर ९ का लागि नागार्जुन नगरपालिकाको कार्यालय वडा नंबर १० मा पर्ने तारकेश्वर यूवा क्लबको भवनमा र क्षेत्र नंबर १० का लागि कीर्तिपुर नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यी कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

यस्तै ललितपुरका ३ क्षेत्र अन्तर्गत क्षेत्र नंबर १ को लागि गोदावरी नगरपालिकाको कार्यालय, क्षेत्र नंबर २ को लागि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा र क्षेत्र नंबर ३ का लागि सहकारी विकास बोर्डको कार्यालय जावलाखेलमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गर्न सकिनेछ ।

उता भक्तपुरमा क्षेत्र नंबर १ का लागि उम्मेदवारी दर्ताका लागि दरबार स्क्वायरमा रहेको भक्तपुर नगरपालिकाको कार्यालय अन्तर्गत जन ज्योती पुस्तकालयको हलमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । यस्तै भक्तपुर क्षेत्र नंबर २ का लागि ठिमीको बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय रहेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।