यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर – Mero Samachar

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर class=

एक अमेरिकी डलर साट्न १३१ रूपैयाँ २५ पैसा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज (मंसिर ६ गते) को लागि तय गरेको अमेरिकी डलरको बिक्री दर १३१ रूपैयाँ २५ पैसा तय भएको हो । यस्तै, नेपाल राष्ट्र बैँकले आज अमेरिकी डलर १३० रूपैयाँ ६५ पैसामा किनिरहेको छ ।

यस्तै, युरोको बिक्री दर प्रति युरो १३४ रूपैयाँ ३७ पैसा र खरिददर १३३ रूपैयाँ ७५ पैसा तय गरिएको छ । बेलायती मुद्रा पाउन्ड स्टर्लिङको खरिद दर १५४ रुपैयाँ ३४ पैसा र विक्री दर १५५ रुपैयाँ ५ पैसा तय गरिएको छ ।

राष्ट्र बैंकले स्वीस फ्र्यांकको खरिददर १३६ रुपैयाँ २७ पैसा र विक्री दर १३६ रुपैयाँ ९० पैसा तय गरेको छ । अष्ट्रेलियन डलरको खरिद दर ८६ रुपैयाँ ४६ पैसा र विक्री दर ८६ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २९ पैसा र विक्री दर ९७ रुपैयाँ ७३ पैसा छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।