म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा – Mero Samachar

म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा

म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा class=

म्याग्दी( म्याग्दी मिडिया सोसाइटीले जिल्लाका १० सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ। संस्थामा आवद्ध उनीहरुको एक वर्षको लागि स्वास्थ्य बीमा गरिएको हो।

बीमाका लागि लाग्ने तीन हजार ५०० शुल्क तिरेर बीमा गरिएको संस्थाका सचिव अमित विश्वकर्माले जानकारी दिए। बुधबार बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जीतेन्द्र कँडेल, स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बराल, व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र सोसाइटीका अध्यक्ष कमल खत्रीले स्वास्थ्य बीमाको परिचयपत्र प्रदान गरे।

उक्त कार्यक्रममा दुई जनाले पहिलो पटक स्वास्थ्य बीमा गरेका हुन् हो भने ८ जनाको बीमा नवीकरण गरिएको थियो। संस्थाले विगत तीन वर्षदेखि संस्थामा आवद्ध पत्रकार र उनीहरुका घरपरिवारकोसमेत स्वास्थ्य उपचारमा सघाउन सामूहिक स्वास्थ्य बीमालाई निरन्तरता दिएको अध्यक्ष खत्रीले जानकारी दिए।

‘‘ सरकारले ल्याएको स्वास्थ्य बीमाबाट न्यून र मध्ययम आय भएका व्यक्तिको स्वास्थ्य उपचारमा निकै ठूलो राहत मिलेको छ, पत्रकार र उनीहरुका परिवारका सदस्य बिरामी पर्दा हुने खर्चलाई बचत गर्न र आर्थिक क्षति कम गर्न संस्थामा आवद्ध पत्रकारलाई सामूहिक स्वास्थ्य बीमा गर्न थालिएको हो, आगामी वर्षमासमेत यसलाई निरन्तरता दिने हाम्रो योजना छ’’ उनले भने।

अस्पतालका डा कँडेलले बीमाको कारण अस्पतालमा उपचारको लागि आउने बिरामीको सङ्ख्या बढेको र सोसाइटीले सामूहिक रुपमा गरेको बीमाले यसको महत्वलाई थप व्यापक बनाउन सहयोग पुग्ने बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बीमा गराउँदा नै बीमितले पाउने सुविधाबारे स्पष्ट पार्न आग्रह गरे।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।