मैलुङ खाेलाको आईपीओ बाँडफाँट, करिब २० लाखको हात खाली – Mero Samachar

मैलुङ खाेलाको आईपीओ बाँडफाँट, करिब २० लाखको हात खाली

मैलुङ खाेलाको आईपीओ बाँडफाँट, करिब २० लाखको हात खाली class=

कर्जा खबर, काठमाडौ

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेका आईपीओ मंगलबार बाँडफाँट भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटको कार्यालयमा मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो। आवेदकमध्ये ६८ हजार ४ सय ६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका छन्।

कम्पनीका अनुसार आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए। त्यसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथा गरी आईपीओ बाँडफाँट सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीले साउन १४ बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

आईपीओको नजिता बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेवसाइट, मैलुङ खोलाको वेभसाइट, सिडिएससीको आईपीओ हेर्ने वेभसाइटमेरो शेयर गरी चार स्थानबाट हेर्न सकिन्छ।

आईपीओ बाँडफाँडपछि हाल बिक्री प्रबन्धकले डेटा प्रसोधनको कार्य गरिरहेको छ। डेटा प्रसोधनको काम सकिएपछि दिउँसो मात्र आईपीओ बाँडफाँटको नतिजा हेर्न सकिने बताइएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।