२० मंसिर २०७८
(Monday 06 December, 2021)

मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यता, मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि नेपालमा मनसुन फेरि सक्रिय हुने  भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार  मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराईभन्दा थोरै पर रहेको छ । त्यो रेखा  नजिक आइ पुग्नासाथ मनसुनको सक्रियता बढ्ने छ ।  

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *