१० असोज २०७८
(Sunday 26 September, 2021)

काठमाडौं, ७ भदौ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । 

सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव गरेका थिए । सो प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री केसीले बहुमतले विश्वासको मत पाएका हुन् । 

प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले मागेको विश्वासको प्रस्तावको पक्षमा ४२ मत परेको र जुन बहुमत रहेको जानकारी दिएका हुन् । 

उनकाअनुसार बैठकमा उपस्थित ४३ प्रदेशसभा सदस्यमध्ये प्रस्तावको पक्षमा ४२ मत परेको र विपक्षमा शून्य र एक तटस्थमा परेको हो । 

प्रदेश सभाको कूल ८० सदस्यको ४२ मत बहुमत रहेको र उक्त मतसँगै मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गरेको सभामुख मगरले बैठकमा घोषणा गरे । 

मुख्यमन्त्री केसीले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *