३० श्रावन २०७७
(Friday 14 August, 2020)
  •  
  •  
  •  
  •  
  •  

पाल्पा, २ साउन । माथागढी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड माथागढी १ चिदीपानी पाल्पाले बिरुवा बितरण कार्य सकेको छ ।

शेयर सदस्यहरु तथा समुदाय को आर्थिक स्तर वृद्धि र बाताबरणिय सन्तुलन कायमका लागी आफ्नो सामाजिक उत्तरदायित्व निर्बाहका लागी फलफुल तथा अन्य बिरुवा बितरण गरिएको सहकारी सस्थाका अध्यक्ष राजकुमार पन्थीले बताएका छन् ।


कागती,आँप,कटहर,दालचिनी,बडहर,राइखनिया,कुरिलोअङ्गुर,बकाइनो,टिमुर जातका फलफूल,घासपात तथा अन्य जातका बिरुवाहरु निसुल्क सुबिधा सहित उपलब्ध गराइएको पन्थीको भनाइ छ।
करिब १० हजार बिरुवा चिदिपानी हुमिन रुप्से कसेनि झडेवा क्षेत्रमा बितरण गरिएको सस्थाका सचिप बिजयदिप पन्थीको भनाइ छ ।
जसले कागती आम टिमुरमा तिन देखी पाँच बर्ष भित्र फर्तिफल दिने सदस्यहरुको आर्थिक स्तरमा समेत सहयोग पुर्याउने सचिवको भनाइ छ।


सहकारिको अभियानमा समुदाय स्तरबाट सहयोग भएको राज्यको लगानी र सहकारीको साथलाइ सबैले सदुपयोग गर्दै थप आर्थिक सामाजिक बिकासमा लाग्नका लागी सहकारीको सदस्यता लिइ सेवा लिने कार्यमा समेत सहभागी हुन सहकारीका ब्यवस्थापक ईस्वरी तिवारीले आग्रह गरेका छन् ।
माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि उपज सङ्कलन,बिरुवा बितरण सरकारका अन्य अनुदान कार्यक्रममा समन्वय,कृषि तथा पशुपालन क्षेत्रमा गरेको तत्परताले नमुना पेस गर्दै समुदायलाइ उत्साहित बनाएको स्थानीय जमुना थापाको भनाइ छ।
बिरुवा अनुदान सहयोग प्रदेश ५ सरकार डिभिजन बन कार्यालय पाल्पा र भु तथा जलाधार कार्यालय पाल्पाबाट सहयोग प्राप्त भएको सहकारीले जनाएको छ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *