०९ कार्तिक २०७७
(Sunday 25 October, 2020)

पाल्पा- कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माथागढी गाँउपालिकाले आफ्नो वडामा रहेका क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे छर्कने अभियान सुरू गरेको छ । माथागढी गाँउपालिकाले आफ्नो आठ वटै वडा भित्र रहेका क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे छर्कने अभियान सुरु गरेको माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।

अहिले यहाँका क्वारेन्टाइन बनाइएका विद्यालय, चर्चहरुमा

DSC_0597.JPG
DSC_0598.JPG
DSC_0603.JPG
DSC_0604.JPG

डिसइन्फेक्सन स्प्रे छर्किएको छ । लकडाउन खुलेको अवस्थामा विद्यालयको प्रशासनिक काम काजहरु पनि हुने र विद्यालयहरु पनि विस्तारै खुल्ने अवस्थामा रहेकाले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो अभियान सुरु गरिएको थापाले बताउनुभयो ।माथागढी गाँउपालिकामा २८९ बेडको क्वारेन्टाईनमा भारत तथा तेस्रो मुलुकबाट आएका ४२३ जनालाई राखिएको थियो । जस मध्ये ३० जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो भने ३९३ जना नेगेटिभ रिर्पोट आएपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *