मल्लकालीन शिलालेख तोडफोडको आरोपमा एक जना पक्राउ – Mero Samachar

मल्लकालीन शिलालेख तोडफोडको आरोपमा एक जना पक्राउ

मल्लकालीन शिलालेख तोडफोडको आरोपमा एक जना पक्राउ class=

२३ पुस, काठमाडौं । हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने मल्लले बताए ।

 

पुस १५ गते राति हनुमान ढोकाको गणेश मन्दिर अगाडि रहेको शिलालेख तोडफोड भएको थियो । प्रहरीले त्यहाँ रहेको सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरेर ती महिलालाई पक्राउ गरेको जनसेवाले जनाएको छ ।

 

प्रहरीका अनुसार उनको बिहीबार राति नै बयान लिइएको र उनले शिलालेख तोडफोड स्वीकार गरेकी छन् । उक्त शिलालेखको टुक्रा जोडेर संरक्षण गर्ने तयारी भइरहेको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।