काठमाडौं । सुकेश चन्द्रशेखरसँग २०० करोड भारु मनि लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको तनाव अरु बढ्ने संक्त देखिएको छ ।
दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्याइदिएको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले भने ज्याकलिनको जमानत याचिकाको कडा विरोध गरेको छ ।
ईडीले अनुसन्धानका लागि ज्याकलिनले कहिल्यै सहयोग नगरेको र प्रमाण लुकाउन भूमिका खेलेको आरोप लगाएको छ । साथै उनी देश छाडेर भाग्ने कोसिसमा रहेको समेत ईडीको दाबी छ । अन्तरिम जमानत बढाउने आदेशले मुद्दाको अनुसन्धान प्रभावित हुनसक्ने समेत जिकिर गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए । त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन् ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।