मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि दैलेखमा विवाद – Mero Samachar

मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि दैलेखमा विवाद

मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि दैलेखमा विवाद class=

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छोडेपछि विवाद सिर्जना भएको हो ।

गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ ।

दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए । उनले अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसपछि मात्रै निर्णयमा पुगिने जानकारी दिए । उक्त मतदान केन्द्रमा ७०० मतदाता रहेकोमा ४५८ मत खसेको थियो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।