मकवानपुर १ मा कमल थापालाई एमालेले सघाउने – Mero Samachar

मकवानपुर १ मा कमल थापालाई एमालेले सघाउने

मकवानपुर १ मा कमल थापालाई एमालेले सघाउने class=

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभाको निर्वाचनमा एमालेले सघाउने भएको छ। राप्रपा नेपालका अध्यक्ष थापा र एमाले अध्यक्ष केपी ओलीबीचको सहमतिपछि थापालाई एमालेले सघाउने भएको हो।

थापाले एमालेले आफुप्रति सद्धभाव र सहयोग देखाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन्। ‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदैछु। सद्धभाव र सहकार्यका लागि एमालेलाई धन्यवाद,’थापाले ट्वीट गरेका छन्।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।