सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।