भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ । भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका व्यक्त गरिएको छ ।
विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले बताएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।