७ माघ, काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले एक सूचना जारी गर्दै कोभिड(१९ संक्रमणका कारण परीक्षा स्थगित गरिएको जनाएको छ ।
२०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परिक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो ।
यस पटक भने आगामी माघ २९ गते परिक्षा गर्ने तयारी विभागको थियो ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।