भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते – Mero Samachar

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते class=

१५ पुस, काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा सोही कारमा सवार एकजनाको मृत्यु भएको छ । कार चालक घाइते भएका छन् ।

मध्यपुरथिमी नगरपालिका(४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका(१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका साहको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

 

दुर्घटनामा कार चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नं। १२ बस्ने २५ वर्षीय सबिन घिसिङ घाइते छन् । उनको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको उक्त कार गएराति करिब पौने ९ बजे सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । कार अनियन्त्रित भई ट्याक्सी र बसलाई समेत ठक्कर दिएको थियो ।

 

ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका वडा नं। १२ घर भई हाल ललितपुरको टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री सामान्य घाइते भएका छन् । उनी उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।