‘ब्लाइण्ड डेट’ अब हिमालय टीभीमा – Mero Samachar

‘ब्लाइण्ड डेट’ अब हिमालय टीभीमा

‘ब्लाइण्ड डेट’ अब हिमालय टीभीमा class=

१९ माघ, काठमाडौं । पहिलो सिजनमा युट्युबमा निक्कै चर्चा पाएको रियालिटी शो ‘ब्लाइण्ड डेट’को दोस्रो सिजन अब हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

हिमालय टीभी र शोका निर्देशक रोशन दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो शो चैत अन्तिम साता वा वैशाखको पहिलो साताबाट हिमालय टीभीमा प्रसारण हुनेछ ।

 

शोका निर्देशक दाहालले अनलाइनखबरसँग भने, ‘हामीले पहिलो सिजनमा टीभीमा पनि प्रसारण गर्ने विषयमा सोचेका नै थिएनौं । तर दर्शकको माया अत्यधिक पाएपछि धेरै टीभीबाट अफर आयो । जसमध्ये हामीले हिमालय टीभी रोजेका हौं ।’

 

उनले दोस्रो सिजनमा ‘ब्लाइण्ड डेट’को प्रस्तुति परिवर्तन हुने बताए । ‘हामीले विवादित प्रस्तुतिहरुलाई त निरन्तरता नै दिन्छौं,’ उनले भने । दाहालका अनुसार यो शोको छायांकन प्रसारण हुनुभन्दा एक साता अगाडि मात्र गरिनेछ । शो छायांकन गर्दै प्रसारण हुने भएकाले पनि अहिले नै हतार नभएको उनले बताए ।

 

हिमालय टीभी नै रोज्नुको विषयमा उनले भने, ‘हिमालय टीभी रियालिटी शोका लागि नम्बर १ छ । यसैले हामीले अन्य टीभीबाट अझै आकर्षक रकम पाएपनि हिमालय टीभी नै रोजेका हौं ।’

 

हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल, द भ्वाइस किड्स, डान्सिङ विथ द स्टार्स नेपाल, इन्द्रेणी, सक्किगो नि’ लगायतका चर्चित कार्यक्रम प्रसारण गर्दै आएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।