बैंकिङ कसुर मुद्दाबाट जोगिए कुमारी बैंकका कर्मचारी – Mero Samachar

बैंकिङ कसुर मुद्दाबाट जोगिए कुमारी बैंकका कर्मचारी

बैंकिङ कसुर मुद्दाबाट जोगिए कुमारी बैंकका कर्मचारी class=

१५ पुस, काठमाडौं । नक्कली जग्गाधनी पुर्जा धितोमा ऋण प्रवाह भएको घटनामा बैंकिङ कसुर मुद्दा लाग्नबाट बैंकका कर्मचारीहरु जोगिएका छन् ।

कागजात किर्तेमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ । नक्कली धितोमा १९ करोड ऋण प्रवाह भए पनि सबै ऋण उठिसकेको र सर्वसाधारणको निक्षेप पनि सुरक्षित रहेको पाइएपछि प्रहरीले बैंकिङ कसुर मुद्दा चलाउन नमिल्ने निष्कर्ष निकालेको छ । यो प्रकरणमा बैंक व्यवस्थापनको कुशलताले प्रवाह भएको कर्जा सहजै उठेको छ भने निक्षेप समेत सुरक्षित छ ।

गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली पुर्जा तयार गरेको भनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा उजुरी दिएका थिए ।

 

सोही उजुरीमाथि छानविनका क्रममा सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दासमेत आकषिर्त हुने देखिएको भन्दै सो उपरसमेत छानबिन गर्न ब्यूरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्नुभन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकाले विशेष सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दा चलाउनु नपर्ने भनी राय व्यक्त गरेको हो ।

 

गायक अमात्यको नाममा रहेको कम्पनीको स्वामित्वमा रहेको जग्गाको नक्कली जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाई कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट निकालिएको कर्जा बैंकले सो कर्जाको सुरक्षण स्वरुप रहेको धितो किर्ते रहेको जानकारी प्राप्त गर्नासाथ ऋणीबाट कर्जा असुल उपर गराएको थियो । यसले एकातिर बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गरेको छ भने अर्कातिर आफ्ना कर्मचारीहरु उपर बैंकिङ कसुर मुद्दा चल्नबाट जोगाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।