३० श्रावन २०७७
(Friday 14 August, 2020)
  •  
  •  
  •  
  •  
  •  

पाल्पा, २ साउन । गए रातिदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्ड पुन अबरुद्ध भएको छ । दुई दिन अगाडी मात्र ४५ घण्टा बाटो पहिरोले बन्द भएको थियो ।
आज शुक्रबार समेत बुटवल पाल्पा सडक अन्तर्गत गौडेपुल नजिकै पुन पहिरो खसेको छ र बिहानैदेखि सडक अबरूद्ध बनेको छ । विहिबार रातिदेखि परेको अबिरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोका कारण सडक अबरुद्ध बनेको हो ।
पहिरो हटाउने खोजेपनि प्रयास सफल हुन सकेको छैन । अहिले पनि पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
यसअघि पनि सोही स्थानमा पहिरो खसेको थियो । बिहानदेखि सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका छन्।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *