बारामा कोरोना संक्रमित पुरूषको मृत्यु – Mero Samachar

बारामा कोरोना संक्रमित पुरूषको मृत्यु

बारामा कोरोना संक्रमित पुरूषको मृत्यु class=

११ माघ, वीरगञ्ज । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका(३ बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको हो ।

 

माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

 

अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन सकेन । उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।