बलात्कार आरोपमा डिल्लीबजारबाट युवक पक्राउ – Mero Samachar

बलात्कार आरोपमा डिल्लीबजारबाट युवक पक्राउ

बलात्कार आरोपमा डिल्लीबजारबाट युवक पक्राउ class=

बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको छ ।

२७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।