बढ्यो सुन र चाँदीको मूल्य – Mero Samachar

बढ्यो सुन र चाँदीको मूल्य

बढ्यो सुन र चाँदीको मूल्य class=

२७ पुस, कठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा तीन सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

 

मंगलबारका लागि तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।