फरक फरक खोप नलगाउनुस् : स्वास्थ्य मन्त्रालय – Mero Samachar

फरक फरक खोप नलगाउनुस् : स्वास्थ्य मन्त्रालय

फरक फरक खोप नलगाउनुस् : स्वास्थ्य मन्त्रालय class=

७ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ ।

अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारी बताउछन् । भन्छन्, ‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं । एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरेका छैनौँ ।’

 

उनका अनुसार कोभिशिल्ड र अस्ट्रजेनेका खोपको बनावट एउटै हो । त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको सहप्रवक्ता अधिकारीले बताए ।

 

भन्छन्, ‘भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ । त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन अनुरोध गर्दछु ।’

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।