प्रियंकादेखि एन्जेलिनासम्म : इरानी महिला आन्दोलनको समर्थनमा उत्रिए सेलिब्रिटी – Mero Samachar

प्रियंकादेखि एन्जेलिनासम्म : इरानी महिला आन्दोलनको समर्थनमा उत्रिए सेलिब्रिटी

प्रियंकादेखि एन्जेलिनासम्म : इरानी महिला आन्दोलनको समर्थनमा उत्रिए सेलिब्रिटी class=

काठमाडौं । इरानमा चलिरहेको हिजाब विरोधी प्रदर्शनको आगो विश्वभर फैलन थालेको छ । इरानी महिलाको पक्षमा हलिउड, बलिउडदेखि संसारका अन्य मुलुकका मनोरञ्जन जगतका सेलिव्रिटी पनि खुल्न थालेका छन् ।

एन्जेलिना जोलीदेखि प्रियंका चोपडासम्मका विश्व स्टारहरु इरानी महिलाको पक्षमा खुलेका छन् । अभिनेत्री चोपडाले मौन रहेका आवाजहरु आउने समयमा अझै ज्वालामुखीजस्तै फुट्ने बताएकी छन् ।

साथै उनले इरानी महिलाहरुको हिम्मत र साहसलाई पनि सलाम भनेकी छन् । प्रियंकाबाहेक दुनियाँका अन्य हस्ती पनि यो आन्दोलनको पक्षमा खुल्न थालेका छन् ।

हलिउड अभिनेत्री एन्जेलिना जोलीले पनि सामाजिक संजालमा पोस्ट सेयर गर्दै आन्दोलनप्रति समर्थन जनाएकी छन् । इरानी अन्दोलनको तस्वीर सेयर गर्दै जोली लेख्छिन्, ‘बहादुर इरानी महिलालाई सम्मान छ जो वर्षौंदेखि चलिआएको सोचविरुद्ध लड्न सडकमा उत्रिएका छन् ।’

‘म महसा अमिनी र इरानी र महिलाहरुको सम्मान गर्छु । महिलामाथि दबाब सिर्जना गर्ने, उनीहरुलाई नियन्त्रण गर्ने र गलत काम सिकाउनु जरुरी छैन । उनीहरुलाई पनि स्वतन्त्रतापूर्वक बाँच्ने र खुला श्वास लिन पाउने अधिकार छ’ जोली लेख्छिन् ।

इरानी फिल्म निर्देशक तथा ओस्कार अवार्ड विजेता असगर फरहादीले पनि यस समय इरानी महिलाको पक्षमा एकजुट हुन संसारभरका मानिसलाई आग्रह गरेका छन् ।

इरानी प्रहरीले ठीक ढंगले हिजाब नलगाएको भन्दै किशोरी महसा अमिनीलाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरी हिरासतमै उनको मृत्यु भयो । प्रहरीले उनको शारीरिक अस्वस्थताले मृत्यु भएको दावी गरेको छ भने आन्दोलनकारीले कुटपिटले मृत्यु भएको बताएका छन् ।

इरानी महिलाहरु यतिबेला आन्दोलनमा छन् भने उनीहरुलाई समर्थन गर्दै संसारभर आन्दोलन चर्किएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।