प्राइम लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस कति? – Mero Samachar

प्राइम लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस कति?

प्राइम लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस कति? class=

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीले हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७७ करोड ९६ हजार १५ हजार ५७७ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

यस कम्पनी, गुराँस र युनियन लाइफ इन्स्योरेन्स हाल मर्जर प्रक्रियामा रहेका कारण नेप्सेमा सेयर कारोबार रोक्का रहेको छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।