प्रहरी धमाधम कोरोना संक्रमित, तर जटिल छैन अवस्था – Mero Samachar

प्रहरी धमाधम कोरोना संक्रमित, तर जटिल छैन अवस्था

प्रहरी धमाधम कोरोना संक्रमित, तर जटिल छैन अवस्था class=

नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्टका क्रममा संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्टबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताएका हुन् ।

उनले संक्रमितहरुको संख्या थपिँदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे । प्रवक्ता केसीले फ्रन्टलाइनमा खटिने प्रहरीहरूका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको बताए ।

उनले भने, ‘अहिलेको ओमिक्रोन, कोभिडको तेस्रो भेरियन्टको महामारीमा नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरुको पनि त्यसमा समस्या देखिएको अवस्था छ । तर ठूलो संख्यामा नेपाल प्रहरीका कर्मचारीहरुको दोस्रो मात्रा खोप पनि लिइसकेको अवस्छ भने अर्को फ्रन्ट लाईनमा खटिने प्रहरी कर्मचारीहरुलाई तेस्रो खोप अथवा बुष्टर डोज दिने प्रक्रिया पनि अघि बढिरहेको अवस्थामा जतिपनि ओमिक्रोनबाट विरामी भएका जतिपनि प्रहरी कर्मचारी हुनुहुन्छ । उहाँहरुलाई त्यस्तो क्रिटिकल अवस्था भएको छैन ।

 

बढि रहेको अवस्थामा चाँही निश्चय पनि धेरै प्रहरी कर्मचारीहरु क्रमशः यसबाट पीडित हुँदै गइराखेको अवस्था छ । तथापि त्यस्तो जटिल स्वास्थ्य अवस्था चाँही नरहेको अवस्था छ । जसले गर्दाखेरी हामीलाई दैनिक शान्ति सुरक्षा कायम राख्न अथवा अन्य क्षेत्रमा काम गर्नका लागि जटिलता उत्पन्न भएको छैन ।’

काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुष्टर खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुष्टर खोपको व्यवस्था मिलाइएको बताए ।

 

कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन सुरु भएपछि नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको प्रवक्ता केसीले बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।