प्रदेश २ को नामका लागि गोप्य मतदान शुरु – Mero Samachar

प्रदेश २ को नामका लागि गोप्य मतदान शुरु

प्रदेश २ को नामका लागि गोप्य मतदान शुरु class=

३ माघ, जनकपुरधाम । प्रदेश नम्बर २ को नामका लागि गोप्य मतदान शुरु भएको छ । यसअघि आजै प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरिसकेको छ ।

अहिले प्रदेश सभाको दोस्रो बैठक बसिरहेको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले सोमबार दोस्रो बैठक राखेर प्रदेशको नामाकरण गर्नेबारे मतदान गराएका हुन् ।

 

प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरु प्रस्ताव गरेको छ ।

 

जसमा मधेस नाममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी सहमत छन् । उनीहरुको प्रस्तावमै समितिले नाम प्रस्ताव गरेको हो ।

 

नेकपा एमाले र नेकपा एकीकृत समाजवादी प्रदेश २ को नाम जानकी राख्नुपर्छ भन्नेमा छन् ।

 

नेपाली कांग्रेसले प्रदेशको मिथिला–भोजपुरा राख्नुपर्छ भनेको छ ।

 

तर, बारा र पर्साका सांसदहरुले मध्य मधेस प्रदेश नाम राख्ने प्रस्ताव गरेका छन् । बारा र पर्साका मात्रै २५ जना सांसद छन्

 

प्रदेश २ मा १०४ जना सांसद छन् । कुनैपनि नाममा निर्णय हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ । १०४ को दुई तिहाइ बहुमत ७० हुन आउँछ । दुई तिहाइ मत नआए कुनै पनि नामबारे निर्णय हुने छैन ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।